Recent Top Tews

विश्वविद्यालयमा अख्तियारद्वारा दोस्रो पटक छानबिन
कान्तिपुर संवाददाता
विराटनगर, चैत्र १ -
पूर्वाञ्चल विश्वविद्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोस्रोपटक छानबिन सुरु गरेको छ । अघिल्लो पटक आएको आयोगको टोलीलाई विश्वविद्यालयले उपलब्ध गराएको कागजपत्रमा विश्वस्त हुन नसकेपछि आयोगको टोली दोस्रो पटक छानबिनका लागि आएको स्रोतको दाबी छ ।

विश्वविद्यालले कलेजलाई सम्बन्धन दिँदा र मोरङको गोठगाउँमा ४० करोडभन्दा बढीे लागतमा भवन निर्माण गर्दा करोडांै हिनामिना भएको उजुरी परेपछि एक महिनाअघि अख्तियारको टोलीले सम्बद्ध विषयको खातापाताको फोटोकपी लगेको थियो ।

सोमबार आएको अर्को टोलीले कलेजलाई सम्बन्धन दिँदाको सक्कली सिफारिस पत्र माग गरेको विश्वविद्यालय स्रोतले कान्तिपुरलाई बतायो । अघिल्लो पटक आउँदा विभिन्न कलेजलाई सम्बन्धन दिँदा दिइने सिफारिस पत्रको फोटोकपी लगेको थियो । यसपाली सक्कली पत्र नै मागेको स्रोतले बतायो ।

उपकुलपति डा. रामावतार यादव भारतमा भएका कारण आयोगको टोलीलाई विश्वविद्यालयका अन्य कर्मचारीले आवश्यक कागजपत्र उपलब्ध गराउन नसकेको स्रोतले बतायो । उनको आगामी वैशाख १८ गते म्याद सकिँदै छ ।

विश्वविद्यालयले हालसम्म दुई सयभन्दा बढी कलेजलाई सम्बन्धन दिएको तर ५० भन्दा बढी कलेजलाई अनियमित रूपले सम्बन्धन दिएर लाखौँ अनियमितता गरेको आयोगमा उजुरी परेको थियो । त्यसैगरी सुन्दरपुरमा ४० करोडको लागतमा भौतिक पूर्वाधार निर्माण गर्दा लाखौं रुपैयाँ भ्रष्टाचार भएको भन्दै स्थानीय राजनीतिक दल र नागरिक समाजले अख्तियारमा उजुरी गरेका थिए । 

सन्त नेता कृष्ण प्रसाद भट्टराई द्वारा देह त्याग 
- उम्मीद काफ्ले /काठमाडौं, फाल्गुन २१
कांग्रेस संस्थापक एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शुक्रबार मध्यरातमा देह त्याग गरेका छन्  । उनको उपचारमा स‌लग्न चिकित्सहरुले राती ११ बजेर २६ मिनेट जाँदा उनले देह त्याग गरेको बताएका छन् । आफ्नो जिबन प्रजातन्त्र र तेस्को रक्षाको लागि समर्पित गरेका नेता भट्टराईले आफ्नो जिबन मा धेरै घात घात, प्रतिघातहरु खेप्नुपरेता पनि प्रजातान्त्रिक निष्ठा मा कहिले पनि कमि आउन दिएनन् |

श्रद्धान्जली छ नेपाली काँग्रेस का संस्थापक नेता (सन्त नेता) कृष्ण प्रसाद भट्टराई लाई| श्रद्धान्जली छ  म र मेरो देश भनेर बाच्ने महापुरुष लाई | श्रद्धान्जली छ देश र देशबाशी को लागि आफ्नो जिबन समर्पण गर्ने प्रजातान्त्रिक योद्धा लाई |  


नेविसंघ सभापतिले भने, 'कांग्रेस नै बाधक'
फाल्गुन १७,काठमाडौं
नेपाल विद्यार्थी संघका सभापति प्रदीप पौडेलले मातृपार्टीको हस्तक्षेपका कारण संघको महाधिवेशन हुन नसकेको आरोप लगाएका छन् । संघले अधिवेशनबाट नेतृत्व चयन गर्न माग गरेको तर मातृपार्टी नेपाली कांग्रेसको नेतृत्व पंक्तिले मनोनयनकै आधारमा सञ्चालन गर्न चाहेकोसमेत विद्यार्थी पंक्तिले जनाएको छ ।
'पार्टीले समस्यामा खेलेर स्वार्थ लाद्न चाहन्छ', पार्टीले गरेको गृहकार्यप्रति हामी असहमत सभापति पौडेलले भने, 'अधिवेशनले मात्र समाधान दिन्छ । पार्टीले अधिवेशन गर्न सहयोग गर्नुपर्छर् ।×' आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले अविलम्ब महाधिवेशन गराउन पार्टी केन्द्रीय समितिमा पुनः माग राख्ने निर्णय गरेपछि उनले उक्त विचार व्यक्त गरेका हुन् ।
पार्टीका सभापति सुशील कोइरालाले केन्द्रीय समितिको बैठकबाट संस्थागत निर्णय गरेर नेविसंघको निर्वाचन गराउने भन्दै आएका छन् । तर, विद्यार्थीले सभापति कोइरालाले अधिवेशन नगरी आफूनिकटलाई मनोनित गर्न चाहेको आरोप लगाएका छन् । 'जसले संस्थागत कार्य हुने भन्दैआएका छन्', सभापति कोइरालाको भनाइको आलोचना गर्दै अध्यक्ष पौडेलले भने, 'उही अधिवेशन नगरी मनोनित कार्यसमिति बनाउन चाहन्छ भने यसले हामी विद्यार्थी पंक्तिलाई अलोकतान्त्रिक बनाउने अभ्यासबाहेक केही होइन ।'
दुई कांग्रेस एकतासँगै नेविसंघ एक भएको घोषणा गरिएपनि आपसी विवाद र टकराव जारी छ । संघको विधानसमेत कार्यन्वयनमा आउन सकेको छैन् । दुई पक्षले मनोमानी ढंगले सदस्य मनोनयन गर्दै आएका थिए भने अहिले अधिवेशन हुनुपर्ने माग तीव्र बनाएका छन् । विद्यार्थी पंक्तिबाट व्यक्तित्व निर्माण गरेका युवाहरुलाई निरुत्साहित गर्ने गरेको पौडेलेले बताए ।